कमलामाई प्रकोप ब्यवस्थापन कोषमा ब्यवसायी श्रेष्ठको एक लाख सहयोग

सिन्धुली । विश्वभरि महामारीको रूपमा फैलिएको Covid-19 कोरोना भाइरस नियन्त्रणका लागी कमलामाई नगरपालिका सिन्धुलीले स्थापना गरेको कमलामाई प्रकोप ब्यवस्थापन कोषमा एक लाख पध्र हजार सहयोग रकम जम्मा भएको छ ।

प्रकोप ब्यवस्थापन कोषमा कमलामाई नगरपालिका वडा न ४ ढुंग्रेवास निवासी सफल व्यवसायी टीका बहादुर श्रेष्ठले कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख खड्ग बहादुर खत्रीलाई एक लाख रुपैयाँको चेक राहत स्वरुप हस्तान्तरण गर्नुभएको छ भने त्यसै गरि कनपा वडा न ६ धुराबजार स्थित सिन्धु वचत तथा ऋण सहकारी संस्थावाट पन्ध्र हजार एक सय एकाउन्न रुपैया सहयोग गरेको कमलामाई नगरपालिकाले जनाएको छ।

महामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग गर्न चाहानुहुने माहानुभाबलाई कमलामाई नगरपालिकाको राष्ट्रीय वाणिज्य वैंकमा रहेको कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता नं १०६०३०५०४९४०२ मा पैसा जम्मा गर्न सक्नुहुने कमलामाई नगरपालिकाका प्रबक्ता कर्ण बहादुर घिसिङले जानकारी दिनु भएको छ ।