सिन्धुलीमा जारी सर्वाधिक राशीको ब्याडमिन्टन प्रतियोगितामा दिपेश र विस्णु फाइनलमा

फाल्गुन १७, २०७६

सिन्धुली । सिन्धुलीमा जारी सर्वाधिक राशिको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा शनिबार मेन्स सिंगलमा जित हात पार्दै एपीएफका दीपेश धामी र नेपाल पुलिस क्लबका विष्णु कटुवाल फाइनलमा पुगेका छन् ।मिक्स डबल्सतर्फ त्रिभुवन आर्मी क्लबका सुरज महर्जन र अमिता गिरी तथा प्रविन लिङथेप र अनुमाया राईको जोडी फाइनलमा पुगेका छन्। ४५ वर्षमाथिको भेट्रान डबल्सतर्फ बुटवल ब्याडमिन्टन क्लबका वीरेन्द्रसिंह विष्ट र बुद्धि चौधरीको जोडी फाइनलमा पुगेको छ।

उनीहरूविरुद्ध चितवन व्याडमिन्टन क्लबका खुश गुरुङ र मनबहादुर रानाको जोडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

मेन्स डबल्समा आर्मीका पविन लिङथेप र सुरज महर्जन तथा बुढासुब्बा व्याडमिन्टन क्लबका सुजन श्रेष्ठ र पवनसिंह ठकुरीको जोडी फाइनलमा पुगेको अम्पायर अजित भाटले जनाएका छन्। सबै विधाका विजेताले ५० हजार, दोस्रोले ४० हजार र तेस्रो हुनेले २५ हजार पुरस्कार पाउने छन्। फाइनल आइतबार हुनेछ।