सिन्धुलीमा ‘लकडाउन’ उलंघन गर्ने दुई दर्जन सबारी साधन नियन्त्रणमा

सिन्धुली ११ चैत – सिन्धुली जिल्लामा लकडाउन उलंघन गर्ने झण्डै दुई दर्जन सबारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेपेर ‘लकडाउन’लाई उलंघन गर्न निस्किएका स्थानीय सबारी साधनलाई नियन्त्रणमा लिएको प्रजिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका सबारी साधन अब ‘लकडाउन’ सकिएपछि मात्रै छाडिने उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिएका सबारी साधनहरुमा मोटर साईकल, अटो टेम्पो, ट्याक्टर सहित २१ वटा रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक सिग्देलले भन्नुभयो, “मान्छे समाएको छैन, मात्र सबारी साधन मात्रै समाएका छौं । बुझ्न भनेर हेपेर निस्किएका लोकल सबारी साधनलाई नियन्त्रणमा लिएका हौं ।”

काठमाडौँबाट र पूर्वबाट छुटेका सिन्धुलीमा अलपत्र परेका सबारी साधनलाई भने नाका कटाउने काम भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँले भन्नुभयो, “ती सबारी साधनका चालकलाई ५-६ दिनसम्म खुवाउने र राख्ने समस्याले लामो दुरीका सवारी लाई भने छाडिएको हो ।’