मुख्यमन्त्री राईको बिहे २० वर्षिय मिस मंगोलसँग

काठमाडौँ, माघ ३ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन्। मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो।

मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए। स्रोतका अनुसार विवाह काठमाडौँमा हुने तय भएको छ।

काठमाडौँमा विवाह गरे लगत्तै प्रदेश १ को राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर भर्खरै २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति January 16, 2021