युएईमा रहेका नेपालीहरुलाई दूतावासको जरुरी सूचना

युएई । संयुक्त अरब इमिरेट्स (युएई) अबुधाबी स्थित नेपाली दूतावासले राहदानी बनाउन आउँदा पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको छ। आइतबार एक सूचना जारी गर्दै राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भर्न अनुरोध गरेको हो ।

सेवाग्राहीहरूले राहदानी विभाग, नारायणहिटीको वेभसाइटमा उपलब्ध लिङ्क अनुसार पूर्वनामांकन (Pre-enrollment) अनलाइन फाराम भरेपछि प्राप्त हुने बारकोड सहितको आवेदन फारामको प्रिन्ट कपि लिएर मात्रै प्रत्यक्ष-नामांकन (डिजिटल हस्ताक्षर, थम्बप्रिन्ट र फोटो) को लागि राजदूतावासमा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि दुतावासले अनुरोध गरेको छ ।

फारम भर्नको लागि यो लिंकमा https://online.nepalpassport.gov.np/PreEnrollment/home.htm क्लिक गर्नुहोस । उक्त फारम भर्ने तरिकाबारे थाहा पाउँन यो https://nepalpassport.gov.np/…/2016/07/Online-Pre-1.pdf लिंकमा क्लिक गर्नुहोस ।

यसरी भर्नुहोस् फारम : स्टेप १- १० 

प्रकाशित मिति January 17, 2021