कार्तिक ७, काठमाण्डौ – पुर्वमन्त्री पम्फा भुसालले निजामती कर्मचारीहरुलाई कुलमान घिसिङले जस्तै जनताको पक्षमा काम गर्न सुझाएकी छिन । बुधवार नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती केन्द्रिय समितिले आयोजना गरेको चियापानमा बोल्दै पूर्वमन्त्री भुसालले उक्त कुरा बताउनु भएको हो ।
चियापान समारोहलाई सम्बोधन गर्दै भुसालले भनिन जनता प्रती इमान्दार हुने हो भने धेरै काम गर्न सकिन्छ त्यो कुरा कुलमान घिसिङले प्रमाणित गर्नुभएको छ । हामी सुशासन र सम्ब्रिद्दीको यात्रामा छौ । राजनीतिक निती र नेत्रित्वको पनि भूमिका छ । तर एउटा कुलमान घिसिङको प्रयासले पनि ठुलो परिवर्तन आउदो रहेछ । तपाईंहरु पनि उहा जस्तै जनतालाई सेवा दिन र राम्रो नतिजा निकाल्न प्रतिस्पर्धा गर्नुस भ्रस्टाचार गर्न होइन ।
उनले थपिन – “कुलमानले विधुत प्राधिकरणको छबी राम्रो बनाउनु भयो देशको मुहार उज्यालो बनाउनु भयो अहिले उहालाई नसम्झिने नेपाली शायदै होलान अहिले नेपालमा, तेस्तै लोक बहादुर थापा भन्ने कर्मचारीले पनि आफ्नो कार्यकालमा राहदानी विभागमा राम्रो सुधार गर्नु भयो । इमान्दारिता र जनताप्रती जवाफदेहिता भएमा धेरै कुरा गर्न सकिन्छ । तपाईंहरु पनि राम्रो कामको लागि प्रतिस्पर्धा गर्नुस् । तपाईंहरु सबैलाई यही शुभकामना दिन चाहन्छु । ”
नेकपा निकट निजामती कर्मचारी संगठनले चाडपर्वको अवसर पारेर काठमाण्डौमा शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।
प्रकाशित मिति October 24, 2019