ओमानी पर्वतारोही नादिरा बनिन् अमादब्ल्म हिमाल आरोहण गर्ने पहिलो अरबी महिला

काठमाडौ । ओमानी पर्वतारोही महिला नादिरा अल हार्थी नेपालको अमादब्ल्म हिमाल (६८१२ मि.) आरोहण गर्ने  पहिलो अरबी महिला बनेकी छिन् ।

नादिराले सन् २०२१ जनवरी १४ मा अमादब्ल्म हिमालको सफलतापूर्वक आरोहण गरेकी हुन् । उक्त हिमाल चढ्ने पहिलो अरबी महिला बन्न सफल भएकोमा नादिरा अल हार्थीलाई नेपाली राजदूतावास ओमानले एक विज्ञप्ति प्रकाशित गरि बधाई सन्देश जारी गरेको छ ।

ओमानी पर्वतारोही नादिराले सन् २०१९ मा सर्वोच्च शिखर सगरमाथाको समेत सफल आरोहण गर्नुभएको थियो। उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेे पहिलो ओमानी महिला पनि हुन् ।

नादिरा अल हार्थीलाई नेपाली दूतावास मस्कटको सिफारिसमा नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को लागि सद्भावना दूत समेत नियुक्त गरेको थियो।  तस्बिरहरू : नादिरा अल हार्थी

प्रकाशित मिति January 18, 2021