चर्चित र्‍यापर भिटेन पक्राउ, सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने

कार्तिक ७,  काठमाडौँ — ‘हामी यस्तै त हो नि ब्रो …’ बोलको र्‍याप गीत गाएर चर्चामा आएका भिटेन भनिने समिर घिसिङलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जावलाखेल पक्राउ गरेको छ ।

चर्चामा रहेको उनको गीतमा प्रहरीलाई खिसी गरेको र गाँजा खाने कुरा गरिएको जस्ता सामाजिक मर्यादाविपरीत, नेपाली समाजलाई अपाच्य हुने छाडा शब्द रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी सहकुल थापाले भिटेन पक्राउ परेको र उनीमाथि सार्वजनिक हित विरुद्धको अपराधमा मुद्दा चलाइने तयारी भएको बताए।

प्रहरीले केही दिनअघि मात्रै ‘ह्याप्पी तिहार, चिसो बियर…’ भन्दै गीत गाएका दुर्गेश थापालाई पनि नियन्त्रणमा लिएर गीतबाट केही शब्द हटाउने सर्तमा छोडीदिएको थियो। र उनले युटुब बाट गीत हटाएर सार्वजनिक माफि पनि मागेका थिए ।

प्रकाशित मिति October 24, 2019