अबदेखी कतार जाने यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने

काठमाडौँ, फागुन ४ । कतार सरकारले यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको छ ।

यो संगै यात्रुले सुर्तीजन्य पदार्थ लैजान नपाउने भएका छन् । कतार सरकारले कुनै पनी मुलकबाट कतार आउने यात्रुले सुर्तीजन्य पदार्थ साथमा ल्याउन प्रतिबन्ध लगाएको कतार स्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसका साथै सुर्तीजन्य पदार्थ बेच्नका लागि बनाइएका कुनै पनि उपकरण, सुर्तीजन्य विज्ञापन, प्रचार, स्पोन्सर हुने खालका कुनै पनि सामान पनि लैजान नपाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति February 16, 2021