सिन्धुलीमा छठपर्वको रौनक (फोटो फिचर)

सिन्धुलीमाढी- सिन्धुली जिल्लाको आधाजसो भूभाग भित्री मधेशमा पर्दछ । सिन्धुलीमाढी सदरमुकामसमेत भित्री मधेशमा पर्ने भएकाले यहाँको खानपान, संस्कृति, जनजीवन र रहनसहनमा समेत मधेशको प्रभाव पाइन्छ ।

केही वर्षदेखी सिन्धुलीमाढीमा छठ पर्वलाई धुमधामसाथ मनाइन थालिएको छ । छठमा मधेशी समुदाय मात्र होइन पहाडी समुदायले समेत ब्रत बसेर छठ मनाउन थालेका छन् । व्यवस्थित रुपमा सिन्धुलीमाढीका न*दी किनारमा छ*ठ पर्वको व्यवस्थापन हुँदै आएको छ ।

 

छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अ*पे*क्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैटौं अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा हो । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।

सिन्धुलीमाढीस्थित ग्वाङखोलामा छठ पर्व मनाइदै । तस्वीरः जयकुमार सापकोटा

प्रकाशित मिति November 2, 2019
Loading...