नाइजेरियामा सैन्य विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

नाइजेरिया : नाइजेरियाको राजधानी अबुजामा सैन्य विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

आइतबार बिहान सैन्य विमान दुर्घटना भएको थियो । सैन्य अधिकारीका अनुसार उक्त जहाज उत्तरी राज्य नाइजरको मिन्नातर्फ जाँदै थियो ।

दुर्घटनापछि हवाइ सेना प्रमुखले तत्काल घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । यद्यपि घटनाबारे सम्पूर्ण विवरण आएको छैन ।

प्रकाशित मिति February 21, 2021