प्रधानमन्त्री पदको लागि योग्य मै मात्रै हु : ओली

काठमाडौं , फागुन २९ । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्रीका लागि कसैलाई निवेदन हाल्न नजाने बताएका छन् ।

एमालेको ओली समूहनिकट महिला संघको राष्ट्रिय भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका लागि अरु जसरी निवेदन बोकेर नजाने बताए ।

देशमा आफूबाहेक कोही पनि प्रधानमन्त्रीका लागि योग्य नरहेको दाबी गरे । ओलीले अरुसँग विकासको सोचै नहरेको र विकासको भाषणसमेत गर्न नआउने भन्दै आफ्नो विकल्प नरहेको जिकिर गरे ।

‘हामी प्रधानमन्त्रीलाई कसैकहाँ निवेदन हाल्न जाँदैनौ’, ओलीले भने , ‘हामी बाहेक अरू कुनै पार्टी र नेता त्यसको लागि लायक छैन । कुनै नेताले भाषणमा पनि विकासका कुरा गरेका छैनन् ।’

ओलीले नेपालमा आफ्नो सरकार बनेपछि आश्चर्यजनक रुपमा विकास भएको दाबी गरे । आफूले विकास गरेको देखेर आत्तिएका पार्टीभित्र र बाहिरका शक्तिले खुट्टा तान्ने काम गरेको टिप्पणी उनको थियो ।

प्रकाशित मिति March 13, 2021