दुर्गा प्रसाईंले ज्यान मा र्ने धम्की दिए: डा. गोबिन्द केसी

काठमाडौँ, चैत ३ । चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा.गोविन्द केसीले बिएमसी अस्पतालका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मा र्ने ध म्की दिएको आरोप लगाएका छन् ।

केसीले मंगलबार काठमाडौँमा पत्रकारसम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ज्यान मा र्ने ध म्की दिने मतियार बनेको आरोप लगाएका हुन् ।

झापाको बिएमसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको उनको भनाइ छ । चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अ पराध गरेको केसीको आरोप छ ।

उनले विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गरे । केसीले आफ्ना माग सम्बोधन नभए फेरी अनसन बस्ने चेतावनी दिए ।

प्रकाशित मिति March 16, 2021