कुवेतको डिपोर्टेसन सेन्टरमा रहेकी देवीमायाको मृत्यु

काठमाडौँ, चैत ५ । कुवेतबाट स्वदेश फर्कनका लागि डिपोर्टेसन सेन्टरमा गएकी ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बूको मृत्यु भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार स्थानीय फरबानिया अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो । ‘उहाँ पहिलादखि नै बिरामी हुनुहुँदोरहेछ । डिपोर्टेसन सेन्टरभित्र रहँदा बि रामी देखिएपछि अस्पताल भर्ना गरिएको थियो,’ नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले भने, ‘उपचार क्रममा मार्च ७ तारिखमा उहाँको मृत्यु हुन पुग्यो ।’

लिम्बू गत जनवरी ३१ मा दूतावासबाट ट्राभल डकुमेन्ट बनाई डिपोर्टेसन सेन्टरमा गएकी थिइन् । अढाई वर्षअघि घरेलु कामदारका लागि कुवेत पुगेकी उनी पछिल्लो समय गैर-कानुनी हैसियतमा बस्न बाध्य थिइन् ।

कुवेत पुगेपछि उनका श्रीमानको पनि मृत्यु भएको थियो । उनका दुई छोरा र एक छोरी रहेको भाई देव लिम्बूले बताए । इकान्तिपुरबाट

प्रकाशित मिति March 18, 2021