माधव-खनाल छाडेर ४ सांसद ओलीले बोलाएको बैठकमा

काठमाडौं । एमाले नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षीय ४ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेपाल-खनाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् । पाण्डे नेपालको आफन्त समेत हुन् । नेपालका विश्वासपात्र मानिने पोखरेलले नेपाल लगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।

प्रकाशित मिति March 20, 2021