माधव नेपाल र भीम रावललाई एमालेबाट निष्काशन गर्ने तयारी

काठमाडौं, चैत ७ । सत्तारुढ एमालेको केपी ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित आधा दर्जन बढी नेतालाई पार्टीबाटै निष्काशनसम्मको तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले ओली समूहको केन्द्रीय समिति बैठकले नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाँक्रीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुलाई निष्काशनसम्मको कारबाही गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ती नेताहरुमाथि पार्टी हितविपरीत गुटबन्दी गरेको, पार्टीको मूल नेतृत्व (अध्यक्ष केपी ओली) को अपमान हुने गरी सार्वजनिक अभिव्यक्ति दिएको तथा सरकारविरोधी काम गरेको आ रोप लगाइएको छ । स्पष्टीकरण चित्त नबुझे उनीहरुलाई हटाउनेसम्मको कारबाही गर्ने तयारी छ ।

ओली समूहले यसअघि नवौं महाधिवेशनबाट निर्वाचित नेपाल समूहका पदाधिकारी हटाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति March 20, 2021