वनमन्त्री भन्छन् : अब नेपाललाई गैँडाको देश भन्नुपर्छ

काठमाडौँ : पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्ल क बनाएर आजदेखि गणना सुरु गरिएको हो ।

वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका छन् । गैँडा गणनाको शुभारम्भका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए । रासस

प्रकाशित मिति March 22, 2021