मोबाइल पड्किँदा किशोरीको मृत्यु

काठमाडौं : चार्जमा लगाएर भिडियो हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल प ड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल प ड्किँदा ग म्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति March 23, 2021