एमालेको मुख्यालय अब माडवारीको घरमा

काठमाडौं । काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने भएको छ । धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सार्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

थापाथली हाइटमा रहेको उमङ्ग मार्गमा रहेको १३ कोठे घरमा कार्यालय सार्न लागिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले बुधबार निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले निरीक्षणपछि अनुमति दिएकाले बुधबारै दुई पक्षबीच भाडा सम्झौता गर्ने तयारी रहेको रिजालले जानकारी दिएपनि भाडाबारे खुलाएनन् ।

उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।

प्रकाशित मिति March 24, 2021