मास्क अनिवार्य प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अनुरोध

सिन्धुली । नेपालमा पनि पुनः कोरोना संक्रमण दर वृद्धि हुने स्थिति देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सबैमा मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

छिमेकी मुलुकमा कोरोना संक्रमण दर र मृत्यु दर वृद्धि भइरहेको अवस्थामा प्रशासनले कर्मचारी र सेवाग्राहीलाई अनिवार्य मास्क प्रयोग गर्न भनेको हो ।

प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढ्न नदिन सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति March 24, 2021