एमाले नेपाल समूहको युवा संघले खोल्यो केन्द्रीय कार्यालय

काठमाडौं, चैत १८ । नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।

बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीभित्र समानान्तर संगठन र गतिविघि अगाडि बढाइरहेका बेला युवा संघ नेपालको समानान्तर कार्यालय सञ्चालनमा ल्याएको हो ।

केहीदिन अघि नेपाल–खनाल पक्षका युवाहरुको राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व समेत चयन गरेको थियो। जसको अध्यक्षमा नरेश शाही रहेका छन्। कार्यालय उद्घाटन तथा पदास्थापन कार्यक्रममा नेता नेपालले सबैलाई रचनात्मक हिसाबले अगाडि बढ्न सुझाब समेत दिए।

प्रकाशित मिति March 31, 2021