कतारमा ४० वर्ष माथिकाले निःशुल्क कोरोना खोप लगाउन पाउने

दोहा । कतारको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धकोे खोपको योग्यताका लागि उमेरको सीमा घटाएको छ ।यसअघि ५० वर्ष माथिकाले मात्र लगाउन पाउने खोप अब ४० वर्ष माथिको उमेर समूहकाले निःशुल्क लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

मार्च ३० सम्ममा ७ लाख ९० हजार ६ सय ७६ जनाले लगाएको भ्याक्सिन फाइजर १८ वर्ष सम्मका र मोर्डना भ्याक्सिन १८ वर्ष भन्दा माथिका उमेर समूहलाई लगाइने मन्त्रालयले जनाएको छ । सरकारको प्राथमिकता तथा उमेर समूहमा नपरेका सबै नागरिकहरूले सरकारले जारी गरेको फाराम भरेर पालो कुरेर लगाउन सक्ने छन् ।

फाराम भरेका व्यक्तिहरूलाई यहाँको मन्त्रालयले एसएमएस मार्फत सूचना दिएर भ्याक्सिनको लागि नजिकैको स्वास्थ्य केन्द्रमा बोलाउने गरेको छ । जसको लागि स्वास्थ्य कार्ड अनिवार्य गरिएको छ । कतारको क्यूएनसीसीमा बिना आमन्त्रण खोप लगाउन पाइने भन्दै दैनिक हजारौँको संख्यामा भीड जम्मा हुन थालेपछि मन्त्रालयले सूचना नआई नजान अनुरोध गरेको छ ।

प्रकाशित मिति March 31, 2021