‘नाङो खुकुरी लिएर कालापानी र लिपुलेक जान नपरोस’ भन्दै युबाहरुको प्रदर्शन

सिन्धुलीमाढी – भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछी देशभरका युबाहरु आन्दोलित भएका छन, त्यसको सिन्धुलीमा पनि विरोध प्रदर्शन भएको छ।

भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रुपमै नेपालको भूमि अतिक्रमण गरेको भन्दै सत्ताधारी युवा–विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन्। भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका युवा र विद्यार्थीले बुधबार साँझ सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बजारमा प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन। उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद, नाङो खुकुरी लिएर कालापानी र लिपुलेक जान नपरोस आफ्नो देशको माटोको लागि ज्यान दिने भन्दै नाराबाजीसमेत गरेका थिए। उनिहरुले गो ब्याक ईन्डिया लेखेको ब्यानर सहित प्रदर्शन गर्दै बिरोध सभा समेत गरेका थिए ।

प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसमेत दहन गरेका छन्।

प्रकाशित मिति November 6, 2019
Loading...