क्रियाशिल महिला पत्रकार सिन्धुलीको अध्यक्षमा कृञ्जला पुलामी

कार्तिक २१, सिन्धुली । क्रियाशिल महिला पत्रकार सिन्धुलीले आज आफ्नो नवौ साधारणसभा तथा छैठौ अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनबाट डब्लुडब्लुजे सिन्धुलीले कृञ्जला पुलामीको अध्यक्षतामा ९ सदस्यि कार्यसमित चयन गरेको हो । जसको उपाध्यक्षमा सरला सुनुवार, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा उर्मिला भट्टराई, कोषाध्यक्षमा सम्झना श्रेष्ठ, सदस्यहरुमा संगिता दिम्दोग, देविका मगर, सन्ध्या देवकोटा र सर्मिला खड्का रहनुभएको छ ।

अधिवेशनको अवसरमा डब्लुडब्लुजेका केन्द्रिय अध्यक्ष अम्बिका राजथलाले सिन्धुलीमा महिला पत्रकारको सहभागीता निकै राम्रो भएको उल्लेख गनूभयो । उहाँले अधिकांश मिडिया महिलाको भरमा संचालन हुनु सकारात्मक पक्ष रहेको बताउँदै निर्णयक तहमा महिला पुग्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै डब्लुडब्लुजेका सस्थापक अध्यक्ष विमला पाण्डेलाई जिल्ला शाखा स्थापना गरी पत्रकार महिलाहरुको हक अधिकारका साथै नेतृत्व विकासका लागि पुयाएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको डब्लुडब्लुजेले जनाएको छ ।

महिलाहरुको अधिकारका साथै क्षमता अभिवृद्धिका लागि ओरेक नेपाल सिन्धुलीले डब्लुडब्लुजेसंग गरेको समन्वयको प्रशंसा गर्दै प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा ५६ हजार ५ सय बराबरको आयव्यय प्रस्तुत गरीएको थियो । यसैगरी यस अघिको कार्यकालमा ३९ वटा कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन प्रस्तुत गरीएको थियो ।

डब्लुडुब्लुजेका निवर्तमान अध्यक्ष सुजता लामाको अधयक्षता तथा डब्लुडब्लुजेका केन्द्रिय अध्यक्ष अमिका राजथलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख सम्झना अधिकारी, कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटा, पत्रकार महासंघका उपाध्यक्ष टिकाजंग थापा, सामुदायिक रेडियो प्रसारक संघ अकोरावका प्रदेश संयोजक कृष्णहरि घिमिरे, पत्रकार महासंघका पूर्व अध्यक्षहरु राजकुमार कार्कि, श्याहरि अधिकारी, सञ्जय दाहाल, जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष नविन श्रेष्ठ, महिला अधिकारकर्मीहरु, विभिन्न मिडियामा आवद्ध पत्रकारहरु लगाएको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति November 7, 2019