जनकपुरधाम/विरगन्ज । कार्तिक २४ : नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेको भन्दै जनकपुर र वीरगन्जमा पनि विरोधमा प्रदर्शन भएको छ। सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार प्रदेश २ को दुइवटै शहरमा विरोधमा प्रदर्शन गरेको हो।
विद्यार्थीले वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावास घेराउ गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन्। आइतबार साँझ घण्टाघर चोकबाट अनेरास्ववियु र देश बनाउन संघर्ष समिातिले छुट्टाछुट्टै जुलुस निकालेर महावाणिज्य दूतावास घेराउ गरेका हुन्।
दुतावासको मुल प्रवेशद्वारमा विद्यार्थीहरुले केहीबेर ध*र्ना समेत दिएका प्रदर्शनकारीले बताइएको छ। प्रदर्शनमा सहभागी विद्यार्थीहरुले गोे ब्याक इण्डिया, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी-लिपुलेक-लिम्पियाधुरा हाम्रै हो, नेपाली सीमा मिच्न पाइँदैन, छिमेकीले नेपाललाई हेप्न पाइँदैन, स्वार्थी छिमेकी चाहिँदैन, मिचिएको नेपाली भूमि फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन।
नेपालका केही भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा जनकपुरधाममा पनि प्रदर्शन गरिएको छ ।
अनेरास्ववियु जिल्ला कार्य समिति धनुषाको आयोजनामा जनकपुरधाममा प्रदर्शन गरिएको हो । ‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको कालो ब्यानरसहित अनेरास्ववियुका विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए ।
र्या*लीमा सहभागीहरुले बजार परिक्रमापछि जनकचोकमा आयोजित कोणसभामा विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन् । आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुत्ला समेत जलाएका थिए ।
विरोधमा उत्रिएका विद्यार्थीहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् । विरोध कार्यक्रममा अनेरास्ववियुका बिद्यार्थीहरुले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि त*या*र रहन समेत आग्रह गरेका थिए ।
तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।
प्रकाशित मिति November 10, 2019