कार्यकर्ता प्रशिक्षणका लागि नेकपा नेता नारायणकाजी सिन्धुलीमा

हरिहरपुरगढी – सिन्धुली। नेकपा गठनको डेढ वर्षपछि पार्टी कार्यकर्ताको प्रशिक्षण कार्य हरिहरपुरगढीबाट थालिएको छ । सिन्धुलीको पश्चिमी क्षेत्र हरिहरपुरगढीमा आयोजित र्दुइ दिने प्रशिक्षणमा नेकपाका केन्द्रीय सदस्य डा.विजयकुमार पौडेल र स्थायी कमिटी सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको विशेष उपस्थिती रहेको थियो ।प्रशिक्षणको क्रममा प्रवक्ता श्रेष्ठले पार्टीमा अन्तरपार्टी संघर्ष कम हुने गरेको र वैचारीक रुपमा फरक मत राख्ने पक्षलाई निषेध गर्दा पार्टीमा जनवाद तथा मार्क्सवाद नहुने र व्यक्तिवाद हाबी देखिएकाले कम्युनिष्ट आन्दोलन नै कता जाँदैछ भन्ने कुरामा अन्यौलता देखिन थालेको उहाले बताउनु भएको थियो ।

श्रेष्ठले पार्टीमा जनवादी केन्द्रियताको अभ्यास कम हुँदा विचारको संगठन निमार्ण नहुने, व्यक्तिगत स्वार्थको लागी गुट निमार्ण हुने, गुटको विकासले वैचारिक बहस निषेध हुने र गुटको स्वार्थले पार्टीको विचारलाईसमेत पाखा लगाएर व्यक्तिवाद बढ्ने तर्क गर्नुभयो । पार्टीले लिएको निती, सिद्धान्त, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाका लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रमको उद्घाटनमा नेकपा केन्द्रीय सदस्य कमलजंग राई, उमा कोइराला, सिन्धुलीका अध्यक्ष तथा प्रदेश सभा सदस्य राजन दाहाल, प्रदेश सभा सदस्य प्रदिप कटुवाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति November 13, 2019
Loading...