हातेमालो समुह आबुधाबी युएईको तेस्रो महाधिवेशन सम्पन्न

युएई, हातेमालो समुह आबुधाबी युएईको तेस्रो महाधिवेशन यही शुक्रबार 19 जुलाइ 2019 का दिन अबुधावीको भावना होटलमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ | कार्यक्रममा आबुधाबीमा कृयाशिल विभिन्न संघसंस्थाका प्रमुखहरु उपस्थिति हुनु भएका थियो | कार्यक्रम संस्थाका निबर्तमान महासचिव प्रबिन निरौलाले सन्चालन गर्नु भएको थियो ,साथै  सरला मगर तथा सुमन रायमाझीले सहयोग गर्नु भएको थियो गर्नुभएको थियो | सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्रीराज राई ज्यूबाट पानसमा दियो बाली राष्ट्रीय गान तथा यूएईमा पहिलो पटक श्रीकृष्णको भजनबाट शुभारम्भ गरिएको थियो | भजन अन्तर्राष्ट्रिय श्री कृष्ण भावना अमृत संघ अवतारी देश नेपाल (ISKCON) प्रसारप्रसार समितिद्वारा गरिएको थियो | कार्यक्रममा संस्थाका निवर्तमान वरिष्ठ उपाधक्ष्य श्री वेदनिधि ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो साथै संस्थाका निवर्तमान सह-कोषाध्यक्ष कुमार कुँवरले  संस्थाको हरहिसाब का बारेमा जानकारी गराउनुभएको थियो त्यस्तै संस्थाका निवर्तमान महासचिव प्रबिन निरौला ज्युले सस्थाको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो | सो कार्यक्रममा बिबिध सास्कृतिक कार्यक्रमहरु समावेश गरिएका थिए |संस्थालाई विभिन्न किसिमले सहयोग गर्नुहुने महानुभावहरु तथा हातेमालो समूहमा रही खेलकुदलाई विशेष रुपमा अगाडि पुर्याउने खेलाडी साथीहरुलाई सम्मान स्वरुप संस्थाको लोगो सहित मायाको चिनो प्रदान गरिएको थियो र सो कार्यक्रममा लक्की ड्रको पनि व्यवस्था गरिएको थियो तीनजना भाग्यशाली विजेताले उपहार जित्नुभएको थियो | हातेमालो समूह अबुधावीको निर्वाचन समितिले नबनिर्बाचित 2019 -2020 कार्यकालकालागि अध्यक्ष श्री प्रबिन निरौला लगायत सम्पूर्ण कार्यकारिणी सदस्यहरुलाई निर्बाचन समिति संयोजक श्री रुद्र रोका मगर बाट शपथग्रहण गराउनुभएको थियो |

नयाँ बनेका कार्यकारी समितिहरुको नामावली यसप्रकार छन्:-

अध्यक्ष- श्री प्रबिन निरौला

वरिष्ठ उपाध्यक्ष – श्री बेदनिधि ढकाल (भोला)

उपाध्यक्ष – श्री सुमन पराजुली

महिला उपाध्यक्ष – श्रीमती सुनिमा चौधरी

महासचिव – श्री सुमन जंग रायमाझी

सचिव – श्री विष्णु गिरि

सहसचिव – श्री राजेन्द्र ढुंगाना

कोषाध्यक्ष – श्री ओम नारायण श्रेष्ठ

सह-कोषाध्यक्ष – श्री पृथ्वीमान नेपाल

कार्यकारीणी समिति सदस्य – श्री भोला श्रेष्ठ ” – श्री वासुदेव पुरी ” – सुश्री भवानी गोदार थापा ” – श्री विनोद गोदार क्षेत्रि ” – सुश्री निश्मा ल्वागुण ” – श्री रबिन बिष्ट ” – सुश्री सरिता केसि ” – श्री कृष्ण उप्रेती ” – श्री होमनाथ शर्मा ” – श्री गुणाकर भट्टराई

प्रकाशित मिति July 22, 2019