आलम प्रकरणमा कांग्रेसको जवाफ : कानून अनुसार हुने कुरामा समर्थन हुन्छ

काठमाडौं, मंसिर ३। नेपाली कांग्रेसले कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको बताएको छ ।

बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून पालनामा पार्टी प्रतिवद्ध रहेको बताए ।

‘हामीले सुरुदेखि नै भनेका छौं, कानून बमोजिम हुने कुरालाई सहयोग र समर्थन रहन्छ’ मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘चाहे कोही सांसद फौजदारी मुद्दामा पर्दा निलम्बन होस् ।’

प्रवक्ता शर्माले यस्तो कानून बनाउन कांग्रेसले नै पहल गरेको भन्दै यसको पालनामा प्रतिवद्ध रहेको बताएका हुन् ।

आलम र संजय टक्ला एकै ठाउँमा

ललितपुर : रौतहट बम काण्डमा संलग्नताको मुद्दामा पूर्पक्षका लागि थुनामा पठाइएका पूर्वमन्त्री मोहम्मद आफताब आलम सोमबार नख्खु जेलमा शान्त थिए।

नख्खु कारागारको सीआरसी ब्लक टूको दोस्रो तलामा राखिएका उनी दुई जना लागुऔषध र एकजना चोरीको कैदीसँगै राखिएका छन्। आलमसँगै जनकपुर बमकाण्डका अभियुक्त संजयकुमार साह ‘टक्ला’ पनि नख्खुमै छन्। साहले ५ जनाको ज्यान जाने गरी बम विस्फोट गराएको अभियोगमा नख्खुमा सजाय भुक्तान गरिरहेका छन्।

प्रकाशित मिति November 19, 2019
Loading...