काङ्रेस ठेकेदारको स्काभेटर विप्लप कार्यकर्ताले जलाए, सिध्याइदिने धम्की !

सिन्धुली,  मङ्सिर ४ । नेपाली काङ्रेसका नेता तथा ठेकेदार क्षत्र बहादुर बम्जनको दुधौली नगरपालिका–१३ डुडभञ्ज्याङमा गएराती सडक निर्माणका लागी प्रयोग भईरहेको स्काभेटरमा आगजनी भएको छ । कार्यस्थलमानै राखिएको करिब ९५ लाख पर्ने को स्काभेटर विप्लव कार्यकर्ताले जलाएको हुनसक्ने आशंका बम्जनले गरेका छन ।

३ दिन अघि विप्लव कार्यकर्ता बताउने हरिहरपुरगढी सिन्धुली बताउने कपिल वाइवाले फोन गरी एक करोड ५० हजार रुपैँया माग गरेको र अन्यथा कारवाही गर्ने धम्की दिएकाले स्काभेटर विप्लव समुहले जलाएको हुन सक्ने आशंका गरिएको बम्जनले जनाएका छन ।

‘विप्लव नेता तथा कार्यकर्ताले धेरै दुःख दिईरहेका छन् । तीन दिन देखि विप्लव कार्यकर्ता बताउने वाइवा लगाएत विप्लव समुहका कार्यकर्ताको फोन आईरहेको थियो ।’, उहाँले भन्नुभयो, ‘डेढ करोड नगद नदिए सिध्याइदिने भनेका छन ।”

उहाँले विप्लव कार्यकर्ताले मागेअनुसा पैसा नदिने बरु मर्न तयार रहेको कुरा बताएको २ दिन भित्रै यस्तोे घटना भएको पनि बम्जनले बताए ।

प्रकाशित मिति November 20, 2019
Loading...