कामचोर ठेकेदारको निर्माण सामाग्री खरानी बनाइन्छ : बिप्लव

सिन्धुली, मङ्सिर ६ : सिन्धुलीको दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएको छ । सडक निर्माणको काम गरिरहेको एमानियल कन्स्ट्रक्सनको स्काभेटरमा अज्ञात समूहले मंगलबार राती आगजनी गरेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहका अनुसार दुधौलीदेखि अरुणठाकुरसम्म जाने सडकको निर्माण कार्यक्रमा प्रयोग गरिएको नम्बर नखुलेको स्काभेटरमा आगजनीबाट पूर्णरुपमा जलेर नष्ट भएको छ।

‘घटना मंगलबार राती भएपनि बुधबार बिहान मात्र जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी टोलीले घटना स्थलमा पुगेर अनुसन्धान थालेको छ, ‘उनले भने। घटनामा विप्लव कार्यकर्ताको संलग्नता रहेको हो की भन्ने आशंका गरिएपनि अनुसन्धानकै क्रममा भएकाले यसै भन्न नसकिने सिंहको भनाई छ ।

 

तर निर्माण व्यवसायी कमलामाई नगरपालिका ६ का छेत्र बम्जनलाई दुई दिनअघि विप्लव कार्यकर्ता बताउनेले फोन गरी एक करोड ५० लाख चन्दा दिन धम्की दिएको र नदिएपछि मेसिनमाथि आगजनी गर्ने धम्की दिएकाले विप्लवका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने प्रहरी प्रमुख सिंहले बताए। यता हामी सँग सम्पर्क आएका बिप्लव समुहका एकजना जिल्ला नेताले भने ठग, कामचोर, ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने पार्टीको नितीनै रहेको बताएका छन ।

 

ठेक्का पट्टा पार्नकै लागि कर्मचारी सँग मिलेर करोडौ ठग्छन अनी काम ढिलो गर्छन अनी फेरी म्याद थप्छन, अनी फेरी राज्यलाई ठग्छन । सरकारी कर्मचारी सँगको मिलेमतोमा गुणस्तरहिन काम गर्छन् तिनै ठग ठेकेदारहरु फेरी बाहिर ठुला कुरा गर्छन ।

यस्ता ठेकेदारहरुलाई हामी ढिलो चाडो कार्वाही गर्छौ उनने भने । कस्तो कार्वाही गर्नुहुन्छ भन्ने कुरामा भने खुलाएनन । दुधौलीमा भएको स्काभेटर आगजनी घटनामा बिप्लव नेकपाको सग्लनता कुरा छ नि भन्ने प्रसँगमा उनले भने – ‘कस्को के सग्लनता थाहा भएन तर ठग, कामचोर ठेकेदारहरु माथि निरन्तर कार्वाही हुन्छ ।’

बिप्लव नेकपाका एकजना जिल्ला नेता सँगको सम्क्षिप्त कुराकानीमा आधारित ।

प्रकाशित मिति November 22, 2019