गुल्मीमा पहिरोमा परी १० जनाको मृत्यु, ६ वेपत्ता (नामावली सहित)

साउन ७ , गुल्मीमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएकाे छ भने ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोले घर पुरिएको हो |गाउँपालीकाको वडा नम्बर ३ मा राति घरमा भल पसी स्थानीय टेक बहादुर तरामुकी श्रीमती ३० बर्षीय तिलकुमारी तरामू , उनका छोरा बर्ष १० का दर्शन तरामुको मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष रुक बहादुर रानाले जानकारी दिनुभयो । यस्तै सत्यवती गाउपालिका -४ लिम्घामा ३ घर बगाउदा ८ जनाको शब फेला परेको वडा कर्मचारी सुनिल ज्ञवलीले जानकारी दिनुभयो ।


मृत्यु हुनेहरुमा रुपा बिक, बालीका सिवानी बिक, निर्मली बिकका छोरा र छोरी र पम्फा बिकका छोरा र छोरी रहेको र उनिहरुको नाम खुलेको छैन । यस्तै हेमन्सु बिक अन्जली बिक रहेका छन । उद्धारका लागी स्थानीयको टोली र प्रहरीको टोली पनि पुग्न लागेको उहाले बताउनुभयो । |घाइते र बेपत्ताहरूकाे उद्दारमा जिल्ला सदरमुकाम तम्घासबाट खटिएको प्रहरी टोली र नेपाली सेना घटनास्थल तर्फ गैसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । बाटोमा पहिरो गएकाले घटना स्थलतर्फ पुग्न ढिला भएको पनि उनले जनाएका छन ।

प्रकाशित मिति July 23, 2019
Loading...