राइड थ्रु सिन्धुलीगढी : साइकलयात्रीहरु मुल्कोटमा (फोटो-फिचर)

मुल्कोट, सिन्धुली । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको क्रममा साइकल यात्रीहरुलाई सिन्धुली जिल्ला प्रवेश सँगै मुल्कोटमा भब्य स्वागत गरिएको छ ।

कुशेश्वर दुम्जामा नेकपा सिन्धुलिका अध्यक्ष तथा साम्सद राजन दाहाल, सुनकोसी गाउपालिका अध्यक्ष दिपा बोहरा दाहाल,स्थानिय ब्याबसायी तथा जनसमुदायहरु द्वारा साइकल यात्रीहरुलाई स्वागत गरिएको थियो ।

स्वागतका लागि झाङाझोली गुठबजारमा सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

मुलकोटमा राष्ट्रिय कलाकारहरु नवराज घोरासैनी ,अमित बराल,सुमित सिंहले गित-संगीत प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुतीले साइकल यात्रीहरु, उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे ।

आर्थिक तथा सामाजिक गतिबिधि संगै आन्तरिक , बाह्यपर्यटक लाई आकर्षित गरि ब्यवसाय बिकासमा ठूलो टेवा पुर्याउन यस प्रकारका गतिविधिले सकारात्मक परिणाम प्राप्त हुनेआशा एबम बिश्वासका साथ कार्यक्रम गरिएको मुल्कोट बिकास समाजका अध्यक्ष तथा युवा ब्यवसायी मनोज श्रेष्ठले बताउनु भयो ।

राइड थ्रु सिन्धुलीगढी नाम दिईएको उक्त साइकल यात्रा हिजो सुरु भएर सिन्धुलीगढी हुँदै भोली जनकपुरधाम पुगेर सकिनेछ ।

 

प्रकाशित मिति November 23, 2019