अष्ट्रेलियाको सिड्नीमा नेपाली युबती द्वारा श्रीमानको हत्या

सिड्नी, मङ्सिर ८ । सिड्नीको ग्रान्भिलमा नेपाली युबतीले श्रीमानको हत्या गरेको घटना सार्बजनिक भएको छ । नेपाली दम्पती श्रीमान-श्रीमातीको झगडा हुँदा श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेको अष्ट्रेलियन प्रहरीलाई उदृत गर्दै सेभेन न्युजले जनाएको छ । हत्या आरोपमा उनकै श्रीमती पक्राउ परेकी छिन् ।


एनएसडब्लु प्रहरी फोर्सले जारी गरेको विज्ञप्ती अनुसार उनलाई आज पारामाटा अदालतमा पेश गरिने तयारी छ । बुटवल स्थाई घर भएका मृतक युवकले ग्रान्भिलमै मोटर ग्यारेज संचालन गर्दै आएका थिए । युवक मिलानसार र सहयाेगी रहेकाे उनलाई नजिकबाट चिन्नेहरुले बताएका छन् ।

मृत्यु हुने नेपाली युबा रहेको गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले पुष्टी गरेका छन् ।
शनिवार राती सिड्नीको ग्रान्भिलमा उनीहरुबिच झगडा भएको थियो । झगडामा उनीहरुबिच धारिलो हतियार प्रयोग भएको अनुमान छ ।

टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका युवालाई राति अवेर पारामेडिक्सले अस्पताल पुर्याएका थिए । ३४ वर्षे युवकको उपचारका क्रममा वेष्टमिड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाकाे प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।

अष्ट्रेलियाको नेपाली समाजमा अहिले घरेलु हिंसा प्रमुख समस्या बनेको छ । काम र पढाईको तनाव र कम उमेरमै नेपालमा बिबाह गरेर तथा कतिपयले नक्कली विबाह गरी अष्ट्रेलिया आउदा घरेलु हिंसाले प्रसय पाएको छ । पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पति, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ ।

प्रकाशित मिति November 24, 2019