सिन्धुलीमा विप्लव कार्यकर्ता खोज्न प्रहरी गाउँ गाउँमा

सिन्धुली नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सिन्धुलीमा असुरक्षा,अशान्ती गतिविधि बढाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरिएको छ ।

दुधौली नगरपालिका वडा नम्बर १३ र १४ मा मंसिर ३ गते मंगलबार र ४ गते बुधबार राती निर्माण कार्यमा खटिएका सवारी साधनहरुलाई क्षेती गरेको घटनालाई मध्य नजर गदैँ प्रहरीको विशेष टोली परिचालन गरिएको हो ।

सुरक्षा समितीको निर्णय अनुसार जिल्लामा व्यापक सुरक्षा गस्ती बढार्ईएको सशस्त्र प्रहरी प्रमुख डिएसपी एपीएफ् गोपी भट्टराईले जानकारी दिनुभयो । विप्लव कार्यकर्तासँग भएको हतियार बराबद गरि उनिहरुलाई नियन्त्रणमा लिई कार्वाही गर्न विप्लव कार्यकर्ताको खोजतलास कार्य तिव्र बढाईएको उहाँले बताउनुभयो ।

विप्लव कार्यकर्ताले दुधौली नगरपालिका–१३ डुडभञ्ज्याङमा मंसिर ३ गते मंगलबार सडक निर्माणका लागी प्रयोग भईरहेको छेत्र बहादुर बम्जनको स्काभेटर,वडा नम्बर–१४,ककुरठाकुरमा मारुती सिमेन्ट उद्योगको स्काभेटर,जेसिवी र टिपरमा प्रेसर कुकुर बम विष्फोट गरि जलाएको थियो ।

सोही घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीको १० र सशस्त्र प्रहरीको १५ गरि जम्मा २५ जनाको विशेष टोली अत्याधुनिक हतियार सहित आइर्तबारबाट घटनास्थल क्षेत्र खटिएको छ । दुधौलीमा विप्लवले बढी टार्गेट गरेको आशंकामा प्रहरी निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताउनुभयो । उहाँले जिल्लामा विप्लवले कुनै प्रकारको दुःख दिन थाले प्रहरीलाई खवर गर्न पनि आग्रह गर्नुभयो ।

सिन्धुलीमा लुकाइ राखेको बन्दुक फेला

सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले फेला गरेको छ ।

स्थानिय सुप्रिम लामाको गोठबाट सोमाबार एउटा भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । बन्दुक लुकाएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खुर्काेटको प्रहरी टोलीले खोजतलासीका क्रममा बन्दुक फेला पारेको हो ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 25, 2019
Loading...