प्रधानमन्त्रीज्यु, अब पदबाट राजीनामा दिएर आराम गर्नुस्

काठमाडौं: नियमित फलोअपका लागि अस्पताल गएका भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो।

फाइल तस्बिर।

स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा.अरुण सायमीले जानकारी दिए ।त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो ।

ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो।

फाइल तस्बिर।

स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गरिएको हो। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए । मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।

फाइल तस्बिर।

देशको कार्यकारी पदमा रहेको ब्यक्तीको स्वास्थ्यमा गम्भिर समस्या देखिनु बिरामी भईरहनु आम नेपालीको लागि राम्रो कुरा पक्कै हैन तर पनि पछील्लो समय देशको प्रधानमन्त्री अस्वस्थ्यताका कारण प्राय देश तथा बिदेसमा हस्पिटलनै धाइरहनु पर्ने भएपछी सर्बसाधारणले ओलीलाई अब स्वास्थ्यको ख्याल गर्दै आराम गर्न सुझाएका छन ।

धेरै कुरामा सकृय हुनुपर्ने प्रधानमन्त्री ओली स्वास्थ्यको कारण कतै सार्वजनिक कार्यक्रममा भाग लिएका छैनन जसका कारण सरकारको आलोचना हुँदै आईरहेको छ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 26, 2019
Loading...