माइस्थान मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

सिन्धुलीमा रहेको माइस्थान मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्-

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । मुद्दा मामिला आइलाग्नेछ, तर लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – बैदेशिक क्षेत्र कमजोर रहला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ, तर आफन्तको सहयोग प्राप्त हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला । आत्मीय ब्यत्तिहरुबाट बिश्वास घात भएको महसुस हुनेछ । प्रीय मित्र हरु सगँको सम्बन्धमा तिक्तता आउनेछ । मध्यान पश्चात भने अधुराकार्य सहजता पुर्ण सम्पादन हुनेछन । सामान्य मान सम्मान प्राप्तीको योग रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आलस्यतालाई त्याग गरेमा आम्दानि उत्तम रहने सम्भाबना रहेकोछ । मध्यान पश्चात मित्रजनहरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । स्वास्थमा देखापरेको सामान्य समस्यामा बृद्यि हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष सजग रहनु पर्नेछ । आम्दानिका बिभीन्न श्रोत हरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरु सगँको भेटघाटको योग बन्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । यात्रामा बिशेष सजग रहनु होला मध्यान पश्चात पारीवारिक साथ सहयोग द्वारा कार्य सम्पादनमा सहजता प्राप्त्त हुनेछ ।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 28, 2019