नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति रंगराज खतिवडाको निधन

सिन्धुली : नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको सोमबार बिहान ११ बजेर ४५ मिनेटमा निधन भएको छ । काठमाडौँबाट सिन्धुली आउने क्रममा खतिवडाको हृदयघातका कारण मृत्यु भएको नेपाली कांग्रेस सिन्धुलीका नेता माणिक ढकालले बताए । उहाँलाई हृदयघात हुनासाथ नागरिक अस्पताल लगिएको थियो । अस्पताल पुर्योएको केहि समयमै अस्पताल प्रशासनले मृत घोषित गरेको थियो ।

खतिवडा पञ्‍चायत तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेताका रुपमा परिचित छन् । खतिवडा २०५१ सालदेखि २०५३ सम्म र २०६१ देखि २०६६ सम्म गरी दुईपटक नेपाली कांग्रेस सिन्धुलीको सभापति भएका थिए । सानै उमेरदेखि राजनीतिमा सक्रिय हुने खतिवडाले नेपाली कांग्रेसको राजनीतिमा जिल्ला सदस्य, कोषाध्यक्षहुँदै दुई कार्यकाल सफल सभापतिको रुपमा जिम्मेवारी पूरा गरेका थिए।उहाँको कार्यकालमा नेपाली कांग्रेसले जिल्लामा विचार र संगठका दृष्टिले समेत उचाई लिएको थियो, ढकालले भने ।

२००० साल वैशाख १ गते कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा जन्मिनुभएका खतिवडाको ७६ वर्षको उमेरमा मृत्यु भएको हो । खतिवडाका श्रीमति, पाँच छोरा र तीन छोरी छन् । खतिवडाको पार्थीव शरीरलाई बुधबार पार्टी कार्यालय धुरामा श्रद्धान्र्जलीका लागि राखिएको थियो भने उहाको बुधवारनै अन्त्येष्ठी गरिएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला ,  थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 28, 2019
Loading...