बालुवाटार जग्गा प्रकरणमा मुछिएका एक सरकारी कर्मचारी द्वारा आत्महत्या

१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले
माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् ।

सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो’ ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठको मृत्‍यु भएको पुष्टि गरे ।

यसभन्दा अघी साउन ३ मा बालुवाटार जग्गा अनियमिततामा मुछिएका त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वसह–सचिव रामबहादुर पाण्डेले पनि त्रिपुरेश्वरको राधा भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति July 28, 2019