पसल फोडेर चोरले प्याज लिए, पैसा लिएनन्…

एजेन्सी, १२ मंसिर । प्याजको भाउ यति बढेको छ कि चोरले पनि पसलबाट पैसा होइन प्याज चोर्न थालेका छन्।

नेपालमा प्याजको भाउ दिनदिनै उकालो लागिरहेको छ। भाउ बढेर एक किलोकै २३० रुपैयाँ पुगिसक्यो।

प्याजको भाउ बढेको नेपालमात्र भने होइन। छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउले आकाश छोएको छ।

भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा त्यस्तै घटना भयो। एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि छोएनन्।पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैं आफ्नो पसल खोल्न गएका थिए।तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए।

पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले। गल्लामा भएको पूरै पैसा ठीक थियो।पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए।

ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए।भारत सरकारले प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थालेको थियो।सरकारले प्याज किन्न पनि सीमा तोकेपछि चोरीका घटना हुन थालेका हुन्। भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ।

गणतन्त्र ठीक हो भनेपछि निकालिए ज्ञानेन्द्र शाही

नेपालका लागि नेपाली अभियानले पछिल्लो समय विभिन्न घटनाबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए।

‘हामी अहिले भएको भ्रष्टाचार र विकृति संसदबाट अनुमोदित राजतन्त्र भएमात्र हट्छ भन्नेमा विश्वास राख्छौं, उहाँ अहिलेकै गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेपछि निकालिएको हो,’न्यौपानेले भने।

पहिलो पटक सुर्खेतमा प्रहरीसँग झडप गरेर पक्राउ परेका शाहीले पछिल्लो समय भदौ २८ गते नेपालगञ्ज विमानस्थलमा ढिला गरेर यात्रु कुराएको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईलाई जहाजभित्रै थर्काएका थिए।

असोज ११ गते चितवनको भरतपुरमा शाहीमाथि कुटपिट भएको थियो।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 28, 2019
Loading...