पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

वि.सं. २०७६ मंसिर १४। शनिबार। इ.स. २०१९ नोभेम्बर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्थी, १९:२२ उप्रान्त पञ्चमी। नक्षत्र– पूर्वाषाढा, १०:१९ बजेउप्रान्त उत्तराषाढा। योग– गण्ड, १६:३२ बजेउप्रान्त वृद्धि। करण– वणिज, ७:०८ बजेदेखि भद्रा, १९:२२ बजेउप्रान्त वव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु, १६:३५ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ३ पला।

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।


तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 29, 2019