कोहि गरीब भोको नरहोस भनि भगवान सँग प्राथना गर्छु – हिमानी शाह

काठमाडौं – पुर्व युबराज्ञी हिमानी शाहले धेरै उतारचढावहरुको सामना गर्नुपरिरहेको छ । भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हिमानी अहिले समाजिक सेवामा सक्रिय छिन् ।

जनतासँग निकैनै सुमधुर र स्वच्छ छवि बनाएकि हिमानीले आफ्नो पतिका कारण थुप्रै समस्या भोग्नुपर्यो । राजपरिवारको बुहारी र भाविष्यकि रानीको रुपमा हेरिएकि हिमानी सधैँ जनताबिच लोकप्रिय बनिन् ।

समाजिक सेवामा लागेर नागरिकसँग नजिक बनेकि हिमानीका चाल, चलन र व्यवहार सधैँ जनताकालागि लोकप्रिय बने । युवराज्ञीको हैसियतमा होस् वा सामान्य नागरिक हुँदा, हिमानीका विवादास्पद समाचार कहिले आएन ।

पति पारश शाहको एकपिच्छे अर्को नकारात्मक समाचारहरु आइरहदा पनि हिमानीमा कुनै चिन्ताको भाव झल्किदैन । मनमा हजारौँ पिडा भएपनि हिमानीले ती कुरा अगाडी ल्याइनन् । पतिको बच्पनाले कुन श्रीमतिको मन पोल्दैन र ? तर, हिमानीको मुस्कान टुटेको छैन ।

उनै हिमानीका १० प्रेरणादायी भनाईहरु पढौँः

१) धन नष्ट हुन्छ, सौन्दर्य विलीन हुन्छ, जिवन तेजसंग समाप्त हुन्छ,शक्ति लुप्त हुन्छ तर देश लागि तिमिले गरेको योग्दान अजर र अमर रहनेछ । त्यसैले म वा मेरो होईन हामि नेपाली भनौ , नेपाली बनौ सम्हालौ नेपाल मुल्याकंन एकदिन अवश्य हुनेछ ।

२) आत्मगान होईन राष्ट्रगान गर्न पाउ, राष्ट्रकै लागि बाच्न र बलिदान दिन पाउ । ३) समाजमा भ्रान्ति छरेर निर्दोष लाई दोषी बनाईन्छ निर्दोष वचनका छर्राहरु सहेर पनि आफ्नो विजय हुने दिन यहि कुराले मन बुझाएर प्रतिक्षा गरेका हुन्छन । “सत्य र सुर्य लुकाएर लुक्दैनन’

४) बदला लिएर होईन बदलिएर देखाउ ! ५) आफन्त तिनै हुन जसले प्रतिकुलतामा पनि कहिले साथ छोडदैनन् ६) राम्रो समयको प्रतिक्षा नगर्नुस बरु समयलाई राम्रो संग प्रयोग गर्नुहोस सफलता अवश्य मिल्नेछ । ७) राम्रो समयको प्रतिक्षा नगर्नुस बरु समयलाई राम्रो संग प्रयोग गर्नुहोस सफलता अवश्य मिल्नेछ ।

८) कोहि गरीब भोको नरहोस भनि भगवान त मुर्ति बनि बेचिनुहन्छ भने हामि त मानिस हौ त्यसैले कसैको दुखमा हासेर मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न नपरोस ! ९) यस संसारमा मानिसलाई जन्म दिन जति गार्हो छ त्यो भन्दा गार्हो छ मान्छे भएर जिउन ।

१०) कोहि गरीब भोको नरहोस भनि भगवान त मुर्ति बनि बेचिनुहन्छ भने हामि त मानिस हौ त्यसैले कसैको दुखमा हासेर मुखदर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौ ताकि यस संसारमा कोहि दुखि देख्न नपरोस !

यि प्रेरणादायी भनाई, जसले हाम्रो जीवन बदल्न सक्छ

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं ।
हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं । यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

– त्यस्तो काम गर्नुहोस्, जो तपाईंलाई औधी रुची लाग्छ । तब तपाईंले एक दिन पनि कामको बोझ अनुभूत गर्नुहुने छैन ।

– सबैभन्दा गर्व गर्ने कुरा कहिल्यै पनि नलड्नु होइन । बरु जति पटक लडेपनि उठ्नु गर्वको कुरा हो ।

– हजार किलोमिटर यात्रा पनि केवल एक कदमबाट सुरु हुन्छ ।

– जब यो स्पष्ट हुन्छ कि, लक्ष्य प्राप्त गर्न संभव छैन । तब लक्ष्य बदल्ने होइन, बरु आफ्नो काम गर्ने तरिका बदल्नुहोस् ।

– एक निरासावादीले हरेक अवसरमा कठिनाई देख्छ र एक आशावादीले हरेक कठिनाईमा अवसर देख्छ ।

– जीत्नेवालाले कहिल्यै हार मान्दैनन् र हार मान्नेवालाले कहिल्यै जीत्दैनन् ।

– सफलतामा खुसी मनाउनु राम्रो हो तर त्योभन्दा बढी जरुरी हुन्छ आफ्नो सफलताबाट पाठ सिक्नु ।

– सबैभन्दा ठूलो जोखिम त केहीपनि जोखिम नलिनु हो ।

 

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति November 30, 2019
Loading...