काङ्रेस नेताले २१ करोडमा ठेक्का लिएको बाग्मति पुल १० बर्षमा पिल्लर मात्रै (भिडियो)

साउन १२, सिन्धुली – नेपाली काङ्रेसका नेता जयराम लामिछानेको स्वछन्द निर्माण कम्पनीले ५ वर्षमा निर्माण सम्पन्न हुनेगरी करीब ९ वर्ष अघी २१ करोडमा ठेक्का लिएको बागमती पुल अझै सम्म पनि निर्माण सम्पन्न भएको छैन ।

निर्माण सम्पन्न हुनुत परैको कुरा ९ वर्षमा ५० प्रतिशत काम पनि भएको देखिदैन ठडिएको छ त केवल पिल्लर मात्रै। राजनैतीक पहुचको आधारमा ठेक्का हात पार्ने अनी साना-साना ठेकेदारलाई जिम्मा दिने सानाले झन सानालाई दिने अनी काम समयमा नहुने अनी फेरी पावरकै भरमा म्याद थप्ने यस्तै नियती भोग्दै आएको यो पुलको काम अझै सुस्त गतिमा भईरहेको छ ।

सरकारले राष्ट्रिय गौरबको आयोजनामा राखेको धरान चतरा सडकखण्ड पुलको हालत देखेर स्थानियवासी रुस्ट भएका छन । धरान चतरा सिन्धुली हेटौंडा राजमार्ग अन्तर्गत पर्ने सिन्धुली र मकवानपुर जोड्ने यो पुल समयमा नबन्दा सर्बसाधारणले निक्कै दु:ख पाएका छन ।

सिन्धुलीको हरिहरपुर गढी ४ र मकवानपुरको बागमती ४ मा निर्माणाधिन यो पुल निर्माणमा भएको दिलासुस्ती देखेर स्थानियहरु निरास भएका छन , स्थानियहरु जोखिम मोलेर ट्युबको सहाराले नदी वारपार गर्न वाध्य छन। मकवानपुरका पत्रकार देबराज पन्तले २०७४ मा न्युज २४ मा पठाएको यो भिडियो रिपोर्ट हेर्नुहोस;

बिगत ७ वर्ष देखी अलपत्र परेको #मकवानपुर र #सिन्धुली जोड्ने बागमतीको पुलको बारेमा सिधाकुरा जनता संगमा रिपोर्टिङ भएछ । बर्सौ सम्म कसैको ध्यान नगएको ठाउँमा पत्रकारको यो रिपोर्टिङले स्थानीय आमजनतामा केहि आशाको संचार अबश्य जाग्नेछ । ठेकेदारि राजनीति गर्नेहरुले बर्सौ सम्म बिकास निर्माणलाइ ओगट्ने अनि काममा नगर्ने हरुलाइ सबैले खबरदारी गर्न नितान्त जरुरी छ। स्थानीय क्षेत्रमा आमजनता जाग्न पर्यो थोरै रक्सी र पेटि ठेक्दार पाइन्छ भन्दैमा गलत कुरालाइ कहिले पनि गलत हो भन्न नसक्ने हरुले पार्टिभन्दा माथी उठेर यस्ता कार्यको बिरोध गनै पर्छ।

Posted by सिन्धुली मरिण on Saturday, 2 June 2018

भिडियो स्रोत – न्युज २४

पुलको अहिले को अवस्था –

तस्बिर – मनोज कुमार मानन्धर

 

 

प्रकाशित मिति July 28, 2019
Loading...