फिक्कलमा आँखा क्लिनिक सञ्चालनमा

फिक्कल, सिन्धुली । गाउँवासीका लागि फिक्कलमा आँखा क्लिनिक सञ्चालनमा ल्याइएको छ । फिक्कल गाउँपालिका, तिलगंगा आँखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा फिक्कल ग्रामीण आँखा क्लिनिक सुरु गरिएको हो ।

सांसद गणेश पहाडीले शनिबार आँखा क्लिनिकको शुभारम्भ गर्नुभयो । कार्यक्रममा सांसद गणेश पहाडीले ग्रामीण जनताको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउनु निकै राम्रो काम भएको बताउनुभयो ।


प्रदेश सभा सदस्य प्रदीप कटुवालले गाउँमा सरकारको अनुभूति जनताको सेवाबाट मात्र हुने बताउनुभयो । उहाँले गाउँमै आँखा जाँचको सेवा उपलब्ध गराउनु निकै प्रसंसनीय कार्य भएको बताउनुभयो ।

फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य प्रदिप कटुवाल, तिलगंगा आँखा प्रतिष्ठानका डा. मोहनकृष्ण श्रेष्ठ, सामुदायिक आँखा केन्द्र रामेछापका अधक्ष्य डा. सुमन कर्मचार्य, तिलगंगा आँखा अस्पतालका हरि कार्की, नेपाल कम्युनिष्ट पार्टी फिक्कलका अध्यक्ष रामप्रसाद भण्डारी, नेपाली कांग्रेसका सचिव घनश्याम पहाडीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रवक्ता राजु बराल, घनश्याम पहाडी, रामप्रसाद भण्डारी, उपाध्यक्ष पार्वती सुनुवार, हरि कार्की, डा.मोहनकृष्ण श्रेष्ठ, डा.सुमन कर्मचार्यले समेत शुभकामना मन्व्यक्त व्यक्त गर्नुभएको थियो । स्थानिय स्तरमै आँखा क्लिनिक सन्चालन भएपछी स्थानियबासी हर्षित भएका छन् ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 1, 2019