संकटा देवीको दर्शन गरी आजको राशिफल पढ्नुहोस्

संकटा मन्दिर, संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । संकटा देवीको दर्शन गरेरमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ ।

आजको पञ्चाङ्ग – वि.सं. २०७६ मंसिर १७। मंगलबार। इ.स. २०१९ डिसेम्बर ३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। सप्तमी, २३:१७ उप्रान्त अष्टमी। नक्षत्र– धनिष्ठा, १५:१९ बजेउप्रान्त शतभिषा। योग– व्याघात, १५:५३ बजेउप्रान्त हर्षण। करण– गर, १०:२२ बजेदेखि वणिज, २३:१७ बजेउप्रान्त भद्रा। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ७ पला। पञ्चक। गढीमाईमा विशेष पूजा। विश्व अपाङ्ग दिवस। द्विपुष्कर योग १५:१९ बजेसम्म।

आजको राशिफल

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – लाभदायक यात्रा रहनेछ । लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तसंग रमाइलो भेटघाट हुनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – विचार गरेर निर्णय लिनु उचित होला । पारिवारिक समस्यापनि आइपर्ला, तर रातो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ, तर मठ–मन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ ।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 2, 2019
Loading...