रामेछापमा बालिका बलात्कार अभियोगमा एक नेता पक्राउ

रामेछाप, मंसिर १७ । रामेछापमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका –३ मा बालिका बलात्कार गरेको अभियोगमा संगीत सुनुवार पक्राउ परेका हुन ।

४० वर्षीय सुनुवार नेकपाका स्थानीय नेता हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवका अनुसार बालिकालाई सुनुवारले मंसिर २ गते बलात्कार गरेका उजुरी परेको थियो ।

प्रहरीले पीडित पक्षको किटानी जाहरीका आधारमा सुनुवारलाई पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद प्राप्त भएको जनाएको छ।

प्रकाशित मिति December 3, 2019