सुस्मिता तामाङले जितिन् उसुमा स्वर्णपदक

काठमाडौँ — उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छिन् । उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् ।

यो खेलमा बंगलादेशी खेलाडीले ७.५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा चित्त बुझाउनुपरेको हो।

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो ।

तेस्तै उसुको थाउलुतर्फ थानछ्वानमा विजय सिन्जालीले स्वर्ण जितेका छन् । उनले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण हात पारेका हुन् । उनले १२ औं सागमा रजत पदक जितेका थिए ।

यो खेलमा बंगलादेशी खेलाडीले ९.३४ श्रीलंका र भारतका खेलाडीले समान ९.१४ अंक र पाकिस्तानी खेलाडीले ७.३१ अंक प्राप्त गरेका थिए।

उसुतर्फको यो पहिलो प्रतिस्पर्धा हो। नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो। यो नेपालको १६ औं स्वर्ण पदक हो।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 3, 2019