रामेछापमा बालिका बलात्कार गरेको अभियोगमा नेकपाका नेता पक्राउ

रामेछाप – जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगित सुनुवार १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प’क्रा’उ परेका छन् ।

नेकपाका नेता समेत रहेका सुनुवारले गाउँकै १३ वर्षिय बालिकालाई मंसिर २ गते बलात्कार गरेको उजुरीको आधरमा सुनुवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले भलात्कार गरेको कुरा कसैलाई पनि नभन्नु भनेको कारण बालिकाले उक्त घटना कसैलाई पनि भनेकी थिइनन् । तर त्यस पछि पनि पटक–पटक भलात्कारको प्रयास गर्न खोजे पछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन् ।

पीडित परिवारले बालिकालाई बलात्कार गरेको भन्दै न्यायको लागि बाम्ती प्रहरी चौकीमा निवेदन दिएको र त्यसैको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक टेकेन्द्र शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले सुनुवारलाई आइतबार साँझ उनको घरबाटै नियान्त्रणमा लिएको पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

घ’ट’नाको बारेमा थप अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरिएको समेत जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 3, 2019