माइस्थान मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्-

सिन्धुलीमा रहेको माइस्थान मन्दिरको टाढै बाट दर्शन गरि आजको राशिफल पढ्नुहोस्-

आज मिती वि।सं। २०७६ मंसिर १८। बुधबार। इ.स. २०१९ डिसेम्बर ४।

मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह – आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते – विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु – मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द – रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – मनमा भय र क्रास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत समय कमजोर छ । गरेका काममा सफलता नमिल्दा दिक्क लाग्नेछ । मनमा चिन्ता, शंका र छटपटीको बास छ । भय र त्रासले सताइरहनेछ । खर्चालु समय छ । नचिताएको ठाउँमा खर्च बढ्न सक्छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

अनावश्यक र नचाहेको क्षेत्रमा खर्च बढ्ने स्थिति छ । नजिकका साथीभाइ र इष्टमित्र टाढिन सक्नछन् । लागनीम रहेको धनको प्रतिफल नआउदा दिक्क लाग्नेछ । प्रतिस्पर्धामा पराजय भोग्नुपर्ला । झगडा वा विवादबाट टाढै बस्नुहोला । सापटीमा गएको धन फिर्ता हुन गाह्रो छ । सानो गल्तीले ठूलो अनिष्ठ निम्त्याउन बेर लाउदैन । – ज्यो.प. नारायणप्रसाद दुलाल

आजको पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर १८। बुधबार। इ.स. २०१९ डिसेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। अष्टमी, २५:१८ उप्रान्त नवमी। नक्षत्र– शतभिषा, १७:४४ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– हर्षण, १६:१५ बजेउप्रान्त वज्र। करण– भद्रा, १२:१६ बजेदेखि वव, २५:१८ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ६ पला। पञ्चक। गढीमाईमा विशेष पूजा। बुधाष्टमी व्रत। गोरखकाली पूजा। बखुमद।

तपाईंको आजको दिन शुभरहोस ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 4, 2019
Loading...