विप्लप समुहका सिन्धुली इन्चार्ज जेल चलान

सिन्धुली : नेत्र विक्रम चन्द विप्लव समुहको जिल्ला इन्चार्ज बर्त बहादुर राई (शशी) लाई सिन्धुली अदालतले कारागार पठाएको छ ।

शशीलाई गत असोज २३ गते विहिवार हरिहरपुरगढी–२ बफर स्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको करिव ५६ दिन पछि उहाँलाई जिल्ला अदालत सिन्धुलीले मंगलबार कारागार चलान गरेको हो ।

नेकपाका जिल्ला इन्चार्ज(शशी) लाई अदालतले र्पुपक्षका लागी कारागार चलान गरेको बताईएको छ । राईलाई चन्दा ऐन अन्तर्गत संगठित अपराधमा मुद्धा चलाईएको थियो । विप्लब समुहले सिन्धुलीमा विभिन्न ब्याबसायीहरुलाई धम्क्याउदै आइरहेको उजुरी परेको थियो ।

विप्लव कार्यकर्ताले केही दिन अघी दुधौली नगरपालिका–१३ डुडभञ्ज्याङमा मंसिर ३ गते सडक निर्माणका लागी प्रयोग भईरहेको स्काभेटर,वडा नम्बर–१४,ककुरठाकुरमा मारुती सिमेन्ट उद्योगको स्काभेटर,जेसिवी र टिपरमा प्रेसर कुकुर बम विष्फोट गरि जलाएको थियो । उक्त घटना पछी सिन्धुली प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिन खोजतलास तिब्र पारीएको जनाएको छ ।

तपाईंलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा अवश्य लेख्नुहोला , मनपरे शेयर गर्नुहोला । थप जानकारीको लागि हाम्रो वेब साइटमा जानुहोस धन्यवाद ।

प्रकाशित मिति December 5, 2019
Loading...