नेकपा अध्यक्ष प्रचण्ड परिवार सहित दुबईमा

साउन १३, युएई – पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) आईपुग्नु भएको छ । अध्यक्ष दाहाल आज दिउसो १२:३० बजे फ्लाई दुबईको फ्लाईट मार्फत परिवार सहित दुबई आउनुभएको हो ।

भ्रमण नितान्त पारिवारिक भएकाले युएईमा कुनै पनी भेटघाट भने नहुने बताइएको छ । लामो समय देखी अस्वस्थ रहनुभएको पत्नी सिता दाहालको आग्रहमा दुबई आउनुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ , भ्रमण टोलीमा पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तस्बिर – दुबई एअरपोर्टमा अध्यक्ष प्रचण्ड

 

प्रकाशित मिति July 30, 2019
Loading...